६०० एम्पुल लागुऔषधसहित गगनगौंडाबाट तीनजना पक्राउ
पाेखरा | साउन २९, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषत्रसहित तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा नारायणगढबाट पोखरा आउँदै गरेको माईक्रो बसमा सवार तीन यात्रुलाई लागुऔषधसहित शनिबार पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अुनसार पक्राउ पर्नेमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ बस्ने २० वर्षिय प्रल्हाद लोहार (विशेष), पर्वतको मोदी गाउँपालिका ६ स्थायी घर भई हाल पोखरा–१० बस्ने २६ वर्षिय सविन केसी र पोखरा १४ चाउथे बस्ने वर्ष ३२ को भुषण मिजार रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध डाईजापाम– २०० एम्पुल, फेनेरागन– २०० एम्पुल, नुर्फिन– २०० एम्पुल गरि जम्मा– ६०० एम्पुल बरामत गरेको डिएसपी तिवारीले जानकारी दिए । उनका अनुसार फक्राउ परेका उनीहरुलाई लागुऔषध कसुर मुद्दामा दश (१०) म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

